आईएसओ तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईएसओ तालिम सम्पन्न



काठमाडौ । गोर्खा इको प्यानलको निर्माणकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्राइभेट लिमिटेड भक्तपुरको आयोजनामा भएको दुईदिने आईएसओ गुणस्तरबारेको तालिम सम्पन्न भएको छ । इन्टरनल अडिटर टे«निग कोर्स अन आईएसओ ९००१ः२०१५ क्वालिटी म्यानेजमेन्ट सिस्टमबारे तालिम दिइएको हो । एनएटीसीएम नेपाल प्राइभेट लिमिटेड नयाँं वानेश्वर काठमाडौंको सहकार्यमा तालिम दिइएको हो । आईएसओ चिन्हको गुणस्तरबारे जानकार दिन तालिम दिइएको जनाइएको छ । तालिमपश्चात आईएसओ चिन्हको महत्व र गुणस्तरबारे अझ बढ्ता जानकारी पाएको तालिममा सहभागी इन्जिनिय कृष्णसुन्दर कुम्पाखले बताए । कम्पनीमा कार्यरत इन्जिनियर र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न र गोर्खा इको प्यानलको गुणस्तर कायम राख्न कम्पनीले यस्तो तालिम समयसमयमा दिंदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जनाए । तालिममा कम्पनीमा कार्यरत इन्जिनियरहरु तथा कर्मचारीहरु गरी झण्डै दुई दर्जन जनाको सहभागिता रहेको थियो ।

प्रकाशित : २६ कार्तिक २०७४, आईतवार १३:३४