अाइतबारको सेयर बजारमा हरियाली,अोलीको बोलीको प्रभावकी ? ठूला लगानीकर्ताको चलखेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अाइतबारको सेयर बजारमा हरियाली,अोलीको बोलीको प्रभावकी ? ठूला लगानीकर्ताको चलखेल



काठमाडौँ । लामो समय देखि ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ । काप्रत्येक दिन सुस्त हिसाबले भए पनि क्रमशः दैनिक किनबेच हुने सेयरको रकम भने बढेको छ । कारोबारको पहिलो दिन आइतबार लगानीकर्ताले थोरै भए पनि आशावादी हुने ठाउँ देखिएको हो । बिशेष गरि शेयर बजार तिहारपछि बजार निरन्तरजसो सुस्त बन्दै आएको छ । कतिपयले बजार बढ्नु र घट्नुलाई ठूला लगानीकर्ताको खेल भनेका छन भने कतिपयले कम्युनिष्ट गठबन्दनलाई कारण मानेका छन् ।

आज नेप्स १६ दशमलव ४१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५९ कमपनीको ११ लाख १४ हजार ८७ कित्ता सेयरबाट ३९ करोड ७१ लाख ६८ हजार ६ सय ११ रुपैयाको कारोबार भएको छ ।

आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १ सय १८ दशमलव ७१ अंकले उकालो लागेको छ। आज जलविधुत समुह ३१ दशमलव ६७ अंकले,विकास बैँक समुह २३ दशमलव ६१ अंकले, बैँक समुह १५ दशमलव ६६ अंकले, अन्य समुह ५ दशमलव २१ अंकले, होटल समुह ४ दशमलव ५२ अंकले, फाइनान्स समुह २ दशमलव ८२ अंकले र लघुवित्त समुह १ दशमलव २८ अंकले उकालो लागेको छ।

आइतबार टे«डिड. समुह भने ओरालो लागेको छ । आज टे«डिड. समुह ३ दशमलव १३ अंकले ओरालो लागेको छ।

 

प्रकाशित : २६ कार्तिक २०७४, आईतवार १५:३३