एनआईसी एशियाको २ नयाँ शाखा जुम्लाको चन्दननाथ र महोत्तरीको बर्दिबासमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशियाको २ नयाँ शाखा जुम्लाको चन्दननाथ र महोत्तरीको बर्दिबासमा



काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा जुम्लाको चन्दननाथ र महोत्तरीको बर्दिबासमा स्थापना गरिएको छ । ती शाखाको जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावल, महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले उद्दघाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित : २७ कार्तिक २०७४, सोमबार १२:४८