किन पुग्यो महालक्ष्मी इन्स्योरेन्स अदालतमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किन पुग्यो महालक्ष्मी इन्स्योरेन्स अदालतमा ?



काठमाडौं । बीमा समितिले पछिल्लो पटक जीवन बीमा कम्पनीहरुलाई अनुमतिमा महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई सञ्चालन अनुमति दिएकोमा बीमा समिति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको छ ।

बीमा समितिले बिनाकारण व्यवसाय सञ्चालन अनुमति नदिएको भन्दै कम्पनीले सर्वोच्चमा रिट दायर गरेको हो ।
जीवन बिमा व्यवसाय सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरूलाई समितिले तीन महिना अवधि दिएर चुक्ता पुँजी कायम गरेर आउन पत्राचार गरेको थियो । तर, तोकिएको समयमा पुँजी कायम नगरेपछि महालक्ष्मीले व्यवसाय सञ्चालन अनुमति पाएको छैन ।

यद्यपी, कम्पनीले थप समयका लागि समिति तथा मन्त्रालयमा निवेदन भने दिएको थियो । तर, उक्त निवेदनउपर कुनै पनि कारवाही नभएको भन्दै कम्पनीले सर्वोच्चमा रिट हालेको समाचार आजको कारोबार दैनिकले प्रकाशन गरको छ ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ०९:०३