अदालतले किन रोक्यो सनराइज बैंकको साधारण सभा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अदालतले किन रोक्यो सनराइज बैंकको साधारण सभा ?



काठमाडौं। पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरे पछि सनराइज बैंकको साधारण सभा स्थगित भएको छ । पुर्वनिर्धारित तालिका अनुसार कात्तिक ३० गते बैंकले दशौं वार्षिक साधारण सभा बोलाएको थियो । सञ्चालक चयनको विवाद अदालतमा पुगे पछि अदालतले तत्काल कुनै काम नगर्न भनेको छ ।

बैंकले अमृतभोग डिल्लीबजारमा बोलाएको साधारण सभाले बाफियाले गरेको व्यवस्था अनुसार ७ जना सञ्चालक चयन गर्दै थियो । ३ जना संस्थापक, ३ जना सर्वसाधारण र १ जना विशेषज्ञ सञ्चालक चयन गर्ने क्रममा संस्थापकतर्फको सञ्चालकका सम्बन्धमा विवाद भएको बुझिएको छ । सोही विषयलाई लिएर बैंकलाई विपक्षी बनाई मुद्धा परे पछि अदालतले अन्तिम निर्णय नहुञ्जेल सबै प्रकृया स्थगित गर्न बैंकलाई आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार अर्को निर्णय नहुञ्जेलसम्म साधारण सभा स्थगित गरिएको बैंकले जनाएको छ । बैंकले सुचना प्रकाशित गर्दै भनेको छ, निर्वाचन कार्य मात्र स्थगित गरी साधारणसभा सम्पन्न गर्दा सोही मितिबाट बैंकको संचालक समितिमा बैंकको संस्थापकहरुबाट प्रतिनिधित्व गर्ने संचालकहरुको प्रतिनिधित्व समाप्त भई सर्बसाधारणतर्फका ३ जना र स्वतन्त्र एक जना गरी चार जना मात्र संचालक बाँकी रहन गई विद्यमान संरचना बमोजिम ९ जना संचालकहरुको समिति अल्पमतमा पर्ने हुनाले साधारणसभा स्थगित गरिएको छ ।बैंकको कार्तिक ३० को साधारणसभाले १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब पनि पारित गर्दै थियो ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ११:४१