लाभांश खान तमतयार बनेका सगरमाथा इन्स्योरेन्सका लगानीकर्ता हिस्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लाभांश खान तमतयार बनेका सगरमाथा इन्स्योरेन्सका लगानीकर्ता हिस्स



काठमाडाै । सगरमाथा इन्स्योरेन्सले यस बर्ष कुनै लाभांश वितरण नगर्ने भएको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को वित्तीय विवरण पारित गर्दै मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २५ करोड ५५ लाख खुद नाफा कमाएको थियो । कम्पनीले गत बर्ष भने २२ प्रतिशत बोनस वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ८२ लाख रहेको छ । सबै निर्जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष ७४/७५ को अन्त्यसम्ममा चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने छ ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ११:४४