गौचनको हत्यामा संलग्न सुटरसहित ५ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गौचनको हत्यामा संलग्न सुटरसहित ५ जना पक्राउ



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेकको हो ।

हत्याको मुख्य योजनाकार भने अझै फरार छन् । हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए ।

गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेको र बुढाथोकी भने समिरका सहयोगी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । योजनाकार समिरमान बस्नेत भने फरार छन् । गौचनको २३ असोजमा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको थियो । शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा गाडीभित्रै गोली हानिएको हो । गौचनको पेटमा गोली लागेको थियो ।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार १७:३८