दक्षिण ललितपुरमा आर्थिक समृद्धिको योजना लिएर पुगिन् लालकुमारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दक्षिण ललितपुरमा आर्थिक समृद्धिको योजना लिएर पुगिन् लालकुमारी



सन्तोषी अधिकारी
ललितपुर । बाम गठबन्धनबाट ललितपुर जिल्ला १ नम्बर प्रदेश क की उम्मेदवार लालकुमारी पुनले आर्थिक समृद्धिको योजनाका साथ उम्मेदवार बनेको बताएकी छिन । दक्षिण ललितपुरमा १३ वर्षदेखि राजनीति गरेकी पुनले आफूले दक्षिण ललितपुरमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्ने बताइन । “ धेरै र पूरा गर्न नसक्ने एजेन्डा लिएर म घर घर पुगेको छैन । मात्र मैले गर्न सक्ने योजना लिएर मत मागेको छु ।

 

मलाइ जिताउनु भयो भने कम्तिमा मैले तपाइँहरुको आर्थिक उन्नती गराउने छु । यो क्षेत्रमा विकास निर्माण मात्र होइन अन्तर्राष्ट्रियस्तरमा लगेर यसको कायपलट गराउन प्रयत्न गर्नेछु”, उनले भनिन – “म गर्न नसक्ने कुरा गरेर जनताकोमा नजाने भन्दै सो क्षेत्रमा जितेको भोलिपल्टदेखि सक्रिय भएर काम गर्नेर्छु ।” सो क्षेत्रमा देखिएका केही समस्या तत्काल हल गर्ने खालका भएपनि केही नीति नै बनाएर काम गर्नुपर्ने भएकोले यस क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भनेर अहिले छलफलमा आफु केन्द्रित रहेको उनले बताइन ।

दक्षिण ललितपुरलाई एउटा मनमोहक पर्यटकीय क्षेत्र बनाउन आफु लागिपर्ने योजना आफ्नो रहेको उनले बताइन । आफ्नो लागि यस क्षेत्रको विकास पहिलो प्राथमिकता भएकोले जनताले साथ दिने विश्वास पनि उनले व्यक्त गरिन ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार ०८:३६