मकवानपूरमा ज्योति विकास बैंकका दुई शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मकवानपूरमा ज्योति विकास बैंकका दुई शाखा विस्तार



काठमाडौं। ज्योति विकास बैंकले मकवानपुरको हेटौडा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको मंगलबार नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख निर्देशक रबिन्द्र महर्जनले उद्घाटन गरेका थिए । सोमबार बैंकले मकवानपुर जिल्लाको ग्रामिणभेग बागमती गाउँपालिकाको फापरबारीमा नँया शाखा संचालनमा ल्याएको थियो ।

शाखा उद्घाटन समारोहको अध्यक्षता ग्रहण गरेका बैंक संचालक समतिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराए । उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १४:१४