११ दशमलव २३ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

११ दशमलव २३ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ११ दशमलव २३ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको होटल ,उत्तपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १६० कम्पनीको ११ लाख ७७ हजार ५ सय ७५ कित्ता सेयरबाट ५९ करोड ७८ लाख ७४हजार २ सय ८७ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ३ दशमलव ८३ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह ४६ दशमलव ०८ अंकले, लघुवित्त समुह १८ दशमलव १४ अंकले, विकास बैँक समुह १५ दशमलव ३४ अंकले, फाइनान्स समुह १० दशमलव ३८ अंकले बैँक समुह ८ दशमलव ९३ अंकले र टे«डिड. समुह ३ दशमलव ३ अंकले ओरालो लागेको छ।
बुधबार सबै भन्दा धेरै उत्तपादनमुलक समुहले कमाएको छ। आज उत्तपादनमुलक समुह २६ दशमलव ०७ अंकले, होटल समुह १५ दशमवल १३ अंकले र अन्य समुह ४ दशमलव ९१ अंकले उकालो लागेको छ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १५:१४