उपभोक्ता ठग्ने व्यवसायीको पक्षमा नेपाल चेम्बर अफ कमर्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उपभोक्ता ठग्ने व्यवसायीको पक्षमा नेपाल चेम्बर अफ कमर्स



चेम्बर भन्छ –“कालो बजार ऐनको नाममा व्यापारीहरुलाई थुनामा राखेर कारबाही गर्नु जायज छैन”

 

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले कालो बजार ऐनको नाममा व्यापारीहरुलाई थुनामा राखेर कारबाही गर्नु कुनै पनि सन्दर्भमा न्यायोचित नभएको बताएको छ ।

प्राइम बैकका सञ्चालक राजेन्द्रदास श्रेष्ठ फरार !

बजार अनुगमनको नाममा देशभरका व्यापारीलाई सरकारले निरन्तर तनाव दिंदै आएको छ र यसले मुलुकभरका सम्पूर्ण व्यापारीहरु त्रसित हुँंदै आएको बताएको छ । राजश्व अनुसन्धान विभाग, उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशाशन कार्यालयहरुलगायत नेपाल सरकारका विभिन्न निकायहरुबाट पटकपटक बजार अनुगमनका नाममा व्यापारीहरुलाई डर त्रास देखाउने काम हुँंदै आरोप लगाएको छ ।

राजधानीका पसल अनुगमन- देखाउने दात मात्रै, ठग सञ्चालक

बचाउन कहिले सम्म कर्मचारी थुुन्ने ?

 

बुधबार एक विज्ञप्ती जारी गर्दै चेम्वरले भनेको छ “ व्यवसायीले कुनै पनि व्यवसाय सुरु गर्नु भन्दा पहिला नै दर्ता गरेर आयकर, मूल्य अभिबृद्धि कर भ्याट, अन्तशुल्कलगायतका कर तिरेर व्यवसाय चलाइरहेका हुन्छन् । यसकारण व्यवसायीको मर्यादा तथा साखलाई हलुका तवरले लिन नहुने हाम्रो धारणा छ । यस्ता घटनाले व्यवसायबाट पलायन हुने अवस्था आउने हुँंदा लगानीमा समेत प्रतिकुल अवस्था सृजना हुन जाने हुन्छ । यसकारण यथाशिघ्र दरवारमार्गको यो मुद्धा टुंगोमा पुग्नु जरुरी छ । ”

 

व्यापारीलाई थुनामुक्त गरी निष्पक्ष रुपमा कारबाही प्रक्रिया अगाडि वढाउन समेत माग गरेको छ । स्वस्थ प्रतिस्पर्धी र उपभोक्तामैत्री बजार सृजना गर्न सरकार र निजी क्षेत्रको संयुक्त कार्यदलबाट बजार अनुगमनको प्रणाली तयार गरी अघि वढ्न सकेमा उद्योगी व्यवसायी, उपभोक्ता, सरकार र आपूर्तिकर्ता सवै लाभान्वित हुन सक्ने चेम्बरका महासचिव कमलेश कुमार अग्रवालको हस्ताक्ष्र रहेको विज्ञप्तीमा सुझाव समेत दिएका छन । स्थानीय प्रशाशनबाट हालैमात्रै राजधानीको दरवारमार्गका ११ जना व्यापारीलाई पक्राउ गरी थुनामा राखेको पनि दाबी गरेको छ ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १४:४५