बिद्युत महसुल ‘ आइएमई पे ’ मार्फत भुक्तान गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिद्युत महसुल ‘ आइएमई पे ’ मार्फत भुक्तान गर्न सकिने



काठमाडौं । बिद्युत महसुल वापतको रकम अवदेखि आर्ईएमईपेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहनुहुने सबैले यस्तो सेवामार्फत बिद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ।

नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्नथालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिलभुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ। नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ।

प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्गगर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवालिन सकिन्छभने आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवाआफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तानगर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १५:३८