वल्र्डलिंकको “तीनको तड्का “ अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वल्र्डलिंकको “तीनको तड्का “ अफर



काठमाडाै । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ूतीनको तड्काू नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ ।

तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने , सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५एमबीपीएसको प्याकेज लाई दोव्बर गरि १० एमबीपीएसको प्याकेज मा रुपान्तर गर्र्नेे जनाएको छ ।

पहिले देखिनै प्रदान गरिरहेको ५एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिनचाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरेको छ ।
वल्र्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभी को सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।
कम्पनीको मुख्य उद्धेश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहा पनि सबै समय सबैलाई जोडने लक्ष अनुसार तीनको तड्का ग्राहक योजना तीन महिना सम्म लागू हुनेछ ।

प्रकाशित : ३० कार्तिक २०७४, बिहीबार १७:३१