हकप्रदले समेत पाउनेगरि गुडविल फाइनान्सले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हकप्रदले समेत पाउनेगरि गुडविल फाइनान्सले गर्यो लाभांश घोषणा



काठमाडाै । गुडविल फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको कात्तिक २९ को संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १०।१९२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जनाइएको छ।

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी २३ औ बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण हुनेछ। फाइनान्सले ६० प्रतिशत हकप्रद भर्नेले समेत पाउने गरि लाभांश प्रस्ताब गरेको हो।

बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८० करोड पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ६० लाख छ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड २० लाख खुद मुनाफा गरेको छ।

प्रकाशित : ३० कार्तिक २०७४, बिहीबार १७:४३