३५ हजार अमेरिकी डलर सहित पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

३५ हजार अमेरिकी डलर सहित पक्राउ



मकवानपुर  ।  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ग्राम भेडीहारी पोष्ट सिरिसिया भेडीहारी पुर्वी चम्पारण विहार बस्ने २५ वर्षीय शेषनाथ प्रसादलाई अमेरीकी डलर ३५ हजार सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

रातोमाटेस्थित प्रहरी चेकपोष्टमा काठमाडौंबाट हेटौंडा हुँदै बीरगंजतर्फ जादै गरेको ना.६ ख ६२९१ नम्बरको यात्रुबाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार शेषनाथले लगाएको जुत्ताभित्र लुकाई छिपाई ल्याएको बिभिन्न नम्बरका उक्त अमेरिकी डलर बरामद भएपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग, हरिहर भबन ललितपुरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ११:३२