सगरमाथा इन्स्योरेन्सले नाफा ३ करोड २६ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सगरमाथा इन्स्योरेन्सले नाफा ३ करोड २६ लाख



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको छ । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५३ करोड चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा २५ करोड १० लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँबाट बढाएर ४८ करोड ८७ लाख रुपैयाँ पुयाएको छ । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा २ करोड ८० लाखबाट बढाएर ४ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैया ०७ पैसा, प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ९७ पैसा र प्रतिशेयर कुल सम्पतिको मूल्य ५८२ रुपैयाँ ३३ पैसा रहेको छ । कम्पनीले यो अवधिमा ४३ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने १५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ । गतवर्षको सो अवधिमा कम्पनीले ३१ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी १२ करोड १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ११:५३