एभरेष्ट बैंकले ३४.७४ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकले ३४.७४ प्रतिशत लाभांश दिने



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई ३४.७४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि सो मात्राको लाभांश दिने घोषणा गरेको छ ।

उक्त घोषणा कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ३३ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार १४:१६