अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड सदस्यमा ओमदेवी मल्ल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड सदस्यमा ओमदेवी मल्ल निर्वाचित



काठमाडाै । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ । मलेसियाको क्वालालमपुरमा १४ देखि १७ नोभेम्बरसम्म भएको ग्लोबल कंग्रेस तथा आइसीएको साधारण सभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल १५ सदस्यीय ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएकी छिन।

नेपाल सन् १९९७ देखि आइसीएको सदस्य भएको भए पनि पहिलो पटक ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ । राष्ट्रिय सहकारी महासंघ देशभरि रहेका ३४ हजारभन्दा बढि सहकारी संघ÷संस्था र ६० लाखभन्दा बढि सहकारीकर्मीको साझा संगठन हो ।

मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका लागि यो ठूलो उपलब्धी भएको बताएको छ । विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रुपमा यो विजयीलाई लिएको महासंघका महाप्रबन्धक रामभजन शाहले बताए । अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सहकारी अभियानको छाता संगठन हो । विश्वका ९५ भन्दा बढि देशका सहकारी अभियानका शिर्ष निकायहरु यसमा आवद्ध छन् । विश्व सहकारीको मुल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासंघले गर्दछ ।

पूर्व सांसद् तथा सविधानसभा सदस्य मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल हुनुहुन्छ । उहाँ राष्ट्रिय सहकारी महासंघकी पहिलो महिला उपाध्यक्ष समेत हुन । उनले राष्ट्रिय सहकारी विकास बोर्डको विज्ञ सदस्यका रुपमा समेत नेपाल सरकारबाट नियुक्ती भइ कार्य गर्नुभएको अनुभव छ । भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिने उहाँ नेपालको पहिलो महिला सहकारीकर्मी छिन भने उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातोकत्तर हासिल गरेकीछिन ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार १५:०५