लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर दिने



काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी  लिमिटेडले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ दशमलव ८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको  जानकारी नेप्सेले दिएको छ ।लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : ३ मंसिर २०७४, आईतवार ११:४७