ठूला जहाज डुबाउने घर नक्साविपरीत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ठूला जहाज डुबाउने घर नक्साविपरीत



काठमाडौं- नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि टाउको दुःखाइ बनेको राजधानीको कोटेश्वर चोकस्थित एउटा घर नक्सा पासविपरीत बनेको तथ्य खुलासा भएको छ। हाल आठ तला रहेको यो घरको साढे पाँच तलाको मात्र नक्सा पास भएको तथ्य खुलेको हो।

‘राजनीतिक शक्तिकेन्द्रु सम्म पहुँच भएका घरमालिक स्थानीय सन्तलाल शाहीको यो घरकै कारण नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवाका ठूला ९वाइड बडी० र साना ९न्यारो बडी० जहाजले कम यात्रु वा कम तौल बोक्नुपरिरहेको तथा त्यसबाट तिनीहरूले मासिक करोडौंको घाटा बेहोरिरहेको समाचार सार्वजनिक भएको थियो।

यो घरको उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले सम्बद्ध निकायमा आग्रह गरे पनि सफल हुन सकेको छैन। उड्डयन क्षेत्रको नियामक तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि घरधनी शाहीलाई बारम्बार आग्रह गरेको थियो, तर त्यसबाट पनि केही सीप चलेन।

काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले कोटेश्वर चोकमा रहेको शाहीको उक्त घर नक्सामा साढे पाँच तलामात्र पास भएको जानकारी दिए। ‘पास भएको नक्साभन्दा बढी तला थपेको रहेछ भने अवश्य कारबाही हुन्छ,’ तामाङले बिहीबार नागरिकसँग भने, ‘नक्सामा भएरनभएको पहिले स्थलगत हेरेर मात्र त्यसलाई कारबाहीको दायरामा ल्याउँछौं।’ प्रक्रियागत रूपमा गएर पनि महानगरपालिकालाई अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने उनले बताए।

महानगरपालिकाको सहरी विकास विभागकी प्रमुख अर्चना शाक्यले त्रिभुवन विमानस्थल वरिपारि घर निर्माणमा छुट्टै मापदण्ड नरहेको जानकारी दिइन्। ‘हामीले नक्सा पास गर्दा विमानस्थल वरिपरिको क्षेत्रका लागि त्यस्तो छुट्टै मापदण्ड बनाएका छैनौं,’ उनले भनिन्, ‘छ देखि सात तलाका घर बनाउन स्वीकृति दिइरहेका छौं।’

तर, कोटेश्वर चोकको शाहीको घरबारे भने उनी अनभिज्ञ छिन्। ‘अन्य ठाउँमा जसरी घर बनिरहेका छन्, त्यसैगरी विमानस्थल क्षेत्रका घर बनाउन पनि नक्सा पास हुने गरेको छ,’ उनले भनिन्, ‘कोटेश्वर चोकको शाहीको घर नक्सा पासविपरीत रहेको वा नरहेको मलाई थाहा छैन। यसका लागि नक्सा हेर्नुपर्छ।’

यसअघि घरधनी शाहीले अवैधानिक रूपमा छतमाथि फलामको टहरो बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ फागुन २५ गते महानगरपालिकालाई छानबिन गर्न पत्राचार गरेको थियो।

अख्तियारले पुनः गत असार २१ मा पनि छानबिनका लागि महानगरलाई ताकेता गरेको सम्बद्ध एक अधिकारीले जानकारी दिए। ‘त्यो घरले अवैधानिक रूपमा फलामको संरचना थपेको गुनासो आएपछि महानगरपालिकाले छानबिन सुरु गरेको थियो,’ महानगरपालिकाका ती अधिकारीले भने, ‘त्यसपछि एउटा समिति गठन गरेर कारबाहीको प्रक्रिया थाल्दाथाल्दै वैशाख १२ गते शक्तिशाली भूकम्प गयो। त्यसपछि घरधनी आफंैले फलामको संरचना हटाए।’

भूकम्पपछि शाहीको उक्त घरको पछिल्लो अवस्थाबारे अख्तियारलाई जवाफ पठाउने भन्दै महानगरपालिकाको प्रशासन महाशाखाले साउन ११ मा पत्र लेखेर कार्यकारी प्रमुख तामाङको हस्ताक्षर गराउन जाँदा उनले ‘त्यो घरको पूर्णवैधानिकताको अध्ययन नगरी हस्ताक्षर नगर्नेु भनेपछि काम रोकिएको थियो।

‘घरधनी आफैंले संरचना हटाएको जवाफ अख्तियारलाई दिन महानगरपालिकाका इन्जिनियरले दिएको प्रष्ट भएन,’ ती अधिकारीले भने, ‘त्यसपछि अख्तियारलाई जवाफ लेखिएन। थप अनुसन्धान गर्न समिति गठन गर्न खोजिरहेका छौं तर अहिले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई अवरोध पुर्या उँदै आएको नयाँ कुरा सार्वजनिक भएको छ। अब विषयले अर्को मोड लिएकाले काम थप अगाडि बढ्छ।’

घरधनी शाहीले फलामको संरचना हटाए पनि उक्त घर अझै पनि नक्सा पासविपरीत नै छ भने त्रिभुवन विमानस्थलबाट उडान भर्ने ठूला जहाजका लागि जोखिम पनि त्यत्ति नै छ। वायुसेवा कम्पनीलाई घाटासँगै मुलुकको उड्डयन सुरक्षाका लागि पनि यो घर चुनौतीपूर्ण छ। उड्डयन सुरक्षा खस्किएको भन्दै युरोपले नेपाललाई ‘कालोसूची’ मा राखेका बेला यस्तो घरले कालोसूचीलाई निरन्तरता दिन वल पुर्या इरहेको उड्डयन विज्ञहरूको भनाइ छ।

त्रिभुवन विमानस्थलबाट उड्दा जुन ठाउँबाट जहाजले भुइँ छाड्छ, त्यहाँबाट दक्षिणपट्टि ३ सय मिटरजति दक्षिणपट्टि यो घर ठडिएको छ। आठतले उक्त घरकै कारण ३ सय सिट क्षमतासम्मका ठूला जहाजले आफ्नो भारवहन क्षमताभन्दा झन्डै ६ टन ९६ हजार किलो० र १ सय ५० देखि १ सय ७० सिट क्षमताका साना जहाजले दुई टन ९२ हजार किलो० कम तौल बोक्दै आएका छन्। तोकिएकै जति तौल लिएर उड्दा त्यही घरकै कारण दुर्घटना हुन सक्ने डर रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ।

नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार यस्तो समस्याका कारण ठूला जहाजले यहाँबाट जाँदा एउटा उडानमा सिटभन्दा ५४ र सानाले १८ यात्रु कम बोकिरहेका छन्। केहीले भने कार्गो कम बोकिरहेका छन्।

नेपाल वायुसेवा निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०’ सिरिजको जहाजले पनि १ सय ४० मात्र यात्रु बोकेर उडान भरिरहेको छ। उदाहरणका लागि काठमाडौंबाट हङकङ जाँदा निगमको एकतर्फी भाडा औसत ३० हजार रुपैयाँ पर्न आउँछ। यो हिसाबले एक उडानमा १८ यात्रु कम हुँदा दैनिक एक उडानमा निगमले ५ लाख ४० हजार रुपैयाँ आम्दानी गुमाइरहेको छ। निगमले २ जहाजबाट दैनिक एक–एक उडान गरिरहेको छ जसबाट दैनिक करिब १० लाखभन्दा बढी आम्दानी गुम्छ।

निगमको भन्दा ठूला जहाज र बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको आम्दानी धेरै उच्च छ। कुनैले दैनिक चार उडानसम्म गरिरहेका छन् भने कुनैले दैनिक एक उडान गरिरहेका छन्। अधिकांशले सानो आकारका जहाज ल्याउँछन्। कतार एयरवेज, टर्किस एयरलाइन्स, थाई एयरवेजलगायतले भने ठूलो आकारका जहाज ल्याउने गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले उक्त घर भत्काउनुको विकल्प नभएको बताए। सरकारले क्षतिपूर्ति दिएर वा अन्य उपाय लगाएर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा पुगेको नेपालसम्बन्धी नकारात्मक सन्देश चिर्न र नेपालको उड्डयन क्षेत्रमै पर्नसक्ने दीर्घकालीन प्रभाव हटाउन उक्त घर भत्काउनैपर्ने बताए।

त्रिभुवन विमानस्थलमा अहिले १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउने गरेका छन्। तिनले अहिले दैनिक करिब ६० वटासम्म उडान–अवतरण गरिरहेका छन्। यसअघि दैनिक ८५ उडान–अवतरण हुने गरेको थियो।आजको नागरिक दैनिकबाट

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार ०३:२७