१३ दशमलव ३४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१३ दशमलव ३४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १३ दशमलव ३४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५६ कमपनीको ११ लाख ५५ हजार ६ सय ९२ कित्ता सेयरबाट ४५ करोड ५२ लाख ७ सय २९ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ३४ दशमलव ३३ अंकले ओरालो लागेको छ । आज होटल समुह ८५ दशमलव २५ अंकले, लघुवित्त समुह २४ दशमलव ८७ अंकले,विकास बैँक समुह १७ दशमलव ६६ अंकले, जलविधुत समुह १० दशमलव ४५ अंकले, अन्य समुह ७ दशमलव ८ अंकले,बैँक समुह ७ दशमलव ३४ अंकले, फाइनान्स समुह ५ दशमलव ०८ अंकले ओरालो लागेको छ ।
आइतबार उतपादनमुलक समुहले भने कमाएको छ। आज उतपादनमुलक समुह ६ दशमलव ८२ अंकले उकालो लागेको छ।

प्रकाशित : ३ मंसिर २०७४, आईतवार १५:२३