माथिल्लो तामाकोशी हाइड्रोपावरले २ करोड ६४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

माथिल्लो तामाकोशी हाइड्रोपावरले २ करोड ६४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने



काठमाडाै । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड बराबरको २ करोड ६४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । आईपियो निष्काशनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धि कार्य गर्न कम्पनीले सनराइज क्यापिटल र नागरिक लगानी कोषसंग सम्झौता गरिसकेको छ ।

कम्पनीले १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानियलाई र १५ प्रतिशत अर्थात् १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

नेपालको पुंजीबजारमा आउँन लागेको यो नै (शेयर संख्या र रकमको हिसाबले) सबै भन्दा ठुलो आईपिओ हो ।

कम्पनीको ५१ प्रतिशत शेयर भने ४ सरकारी निकाय संग छ । जस अनुसार नेपाल बिद्युत प्राधिकरणको सर्बाधिक ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको समान २-२ प्रतिशत रहेको छ ।

स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको यस माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको हिजो मात्र ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ ।

असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भने “अव सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ ।” इलेक्ट्रोमेकानिकलका लागि सामान आयोजनास्थलमा प¥याउने काम भइरहेको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

उनले भने , “हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पु¥याउन कठीन भएको छ । अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रूत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ । उनकाअनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार १५:०७