६ दशमलव ५६ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ दशमलव ५६ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ६ दशमलव ५६ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १६० कम्पनीको ११ लाख ४६ हजार ६ सय ९ कित्ता सेयरबाट ३९ करोड ३८ लाख १७ हजार २ सय ६१ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २९ दशमलव २५ अंकले ओरालो लागेको छ। आज होटल समुह २० दशमलव ८७ अंकले,जलविधुत समुह १३ दशमलव ७७ अंकले,टे«डिड. समुह ११ दशमलव ५७ अंकले , लघुवित्त समुह १० दशमलव ७६ अंकले, बैँक समुह ७ अंकले, विकास बैँक समुह ५ दशमलव २७ अंकले र फाइनान्स समुह ४ दशमलव २३ अंकले ओरालो लागेको छ।
आज अन्य समुह भने उकालो लागेको छ। आज अन्य समुह २ दशमलव ८९अंकले उकालो लागेको छ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार १५:१९