मेगाको विशेष साधारणसभामा लफडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगाको विशेष साधारणसभामा लफडा



काठमाडौं । सम्झौता विपरित चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) मा  सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) आएपछि मेगा बैंकको वार्षिक साधारणसभामा विवाद भएको छ ।

 

मेगाले टुरिजम् डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अघि बढेपछि तयार भएको डीडीएमा स्वाप रेसियो ९१.९७ प्रतिशत भएपछि विवाद बढेको हो । डीडीएअघि नै मेगाले टुरिजमसंग ९५ मा स्वाप रेसियो कायम गर्ने सम्झौता गरेको थियो ।

सेयर सदस्यहरुले स्वाप रेसियो डीडीए अनुसार हुनुपर्ने अडान लिएका छन् । मेगाले सोमबार टुरिजमसंग मर्जरमा जान विशेष साधारणसभा बोलाएको हो । तर विहान ११.३० बजे बोलाइएको साधारणसभा विवादका  कारण सभा नै अनिश्चित भएको हो ।

बैंकका सेयरधनी तथा लगानीकर्ताले डीडीएको प्रतिवेदन अनुसार मर्जरमा जानु पर्ने बताएका छन् । तर पदाधिकारी तथा संचालकहरु सम्झौता अनुसार अघि बढ्नु पर्ने पक्षमा छन् । यता मेगाका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह मर्जमा जानुपर्ने अडानमा रहेका छन् ।
मेगाले ६५ प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै टुरिजमले पनि साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने भएको छ ।

 

प्रकाशित : ४ मंसिर २०७४, सोमबार १५:५३