टुरिजम डेभलपमेन्ट बैंकको नाफा ३ करोडमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

टुरिजम डेभलपमेन्ट बैंकको नाफा ३ करोडमाथि



काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ३ करोड ४२ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनभन्दा १९ दशमलव ३५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ४ करोड २४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५७ करोड ४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४२ दशमलव ३० प्रतिशतले वृद्धि गरी १२ अर्ब ८४ करोड १ लाख रुपैयाँ संकलन गरी कर्जामा १० अर्ब ९७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ५६ प्रतिशतले बढेर १२ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफा ११ दशमलव ३२ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ४ करोड ४४ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ६७ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ०२ प्रतिशत, पूँजीकोष अनुपात १९ दशमलव ८५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ७ दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५७ दशमलव ३२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४० दशमलव ३१ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ७८ प्रतिशत रहेको छ ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार ११:०९