माअाेवादी लडाकुको १ करोड १६ लाख ९० हजार ७ सय रुपैयाँ बेरुजु मिनाहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

माअाेवादी लडाकुको १ करोड १६ लाख ९० हजार ७ सय रुपैयाँ बेरुजु मिनाहा



काठमाडाै । सरकारले तत्कालिन माअाेवादी लडाकुलाई भत्ता वितरण गर्दा १ प्रतिशत समाजिक सुरक्षा कर कट्टा नगरेको बेरुजु रकम मिनाह गर्ने तयारी गरेकाे छ । अार्थिक कार्यविधी नियमावली २०६४ को नियम १०६(१) बोमिजम गठित मिन्हा समितिका संयोजक तत्कालिन मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको अध्यक्षतामा बसेको बैठकले लडाकुको १ करोड १६ लाख ९० हजार ७ सय रुपैयाँ बेरुजु मिनाहा गर्न मन्त्रीपरिषदकाे कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस समितीले अब सो बेरुजु उठ्न संभव नभएको र भत्ता वितरणका लागि खोलिएका कार्यलय पनि खारेज भएको भन्दै मिनाहको लागि सिफारिस गर्ने निर्णय गरेको हो । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले पनि २०७३/२/२३ गते बेरुजु मिनाहा समितिमा मिनाहका लागी सिफारिस गरेको थियो । यो निर्णय संगै माओवादी लडाकुको शिविर व्यवस्थापनका नाममा भएका विवादास्पद खर्च र बेरुजुले वैधता पाएको छ ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार १५:००