कालिञ्चोकको नाफा १२३ प्रतिशतले वृद्धि, पश्चिमाञ्चलको ७ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कालिञ्चोकको नाफा १२३ प्रतिशतले वृद्धि, पश्चिमाञ्चलको ७ प्रतिशत



काठमाडौं । ३३ करोड ६५ लाख २१ हजार रुपैंयाँ चुक्ता पुँजी भएको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७१/७२ को चौंथो त्रैमासमा खुद मुनाफा गत वर्षको सोही अवधी भन्दा ७ दशमलव ५२ प्रतिशतले वृद्धिगरी  ६ करोड ९४ लाख ७२ हजार रुपैंयाँ कमाएको छ । त्यसैगरी १० करोड रुपैंयाँ चुक्ता पुँजी भएको कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडले भने आर्थिक वर्ष २०७१/७२ को चौंथो त्रैमासमा खुद मुनाफा गत वर्षको सोही अवधी भन्दा १ सय २३  दशमलव ०४  प्रतिशतले वृद्धि गरी ५२  लाख ९८ हजार रुपैंयाँ कमाएका छ ।

निक्षेप तर्पm हेर्न हो भने चालु आर्थिक वर्षमा पश्चिमाञ्चल बैंकको गत वर्षको सोही अवधी भन्दा ११ दशमलव ७५ प्रतिशतले वृद्धि भई ३ अर्ब ७६ करोड ९२ लाख १३ हजार रुपैंयाँ भएको देखिन्छ भने कालिञ्चोक बैंकको गत वर्षको सोही अवधी भन्दा ५१ दशमलव ११ प्रतिशतले वृद्धिभई  २८ करोड ४४ लाख २५ हजार रुपैंयाँ भएको देखिन्छ ।

पश्चिमाञ्चल बैंकको आ.व.७०/७१ चौथो त्रैमासमा खुद व्याज आम्दानी १८ दशमलव ९७ प्रतिशतले वृद्धि गरी २० करोड ५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी कालिञ्चोक  बैंकको चालु त्रैमासमा खुद व्याज आम्दानी ६४ दशमलव २६ प्रतिशतले वृद्धि भई १९ करोड १७ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

पश्चिमाञ्चल बैंकको सञ्चालन मुनाफा गत वर्षको भन्दा ६ दशमलव ८४ प्रतिशतले वद्धि गरी ११ करोड १८ लाख १४ हजार रुपैंयाँ रहेको छ । त्यसैगरी कालिञ्चोक बैंकको सञ्चालन मुनाफा गत वर्षको भन्दा १ सय २१ दशमलव ९७ प्रतिशतले वद्धि गरी  ८३ लाख २६ हजार रुपैंयाँ रहेको छ ।

पश्चिमाञ्चल बैंकको जोखिमयुक्त सम्पति गत वर्षको भन्दा १ दशमलव १५ प्रतिशतले बढेर १५ दशमलव २१  प्रतिशतमा पुर्याएको छ भने कालिञ्चोक बैंकको जोखिमयुत्त सम्पति गत वर्षको भन्दा ८ दशमलव ६१ प्रतिशतले बढेर ३८ दशमलव ५० प्रतिशतमा पुर्याएको छ ।

निष्कृय कर्जातर्फ पश्चिमाञ्चल बैंकको १ दशमलव ३७ प्रतिशत रहेकोे छ भने कालिञ्चोक बैंकको निष्कृय कर्जा २ दशमलव ५८ प्रतिशत रहेकोे छ ।

त्यस्तै पश्चिमाञ्चल बैंकको सिडि रेसियो ७० दशमलव ०७ प्रतिशत रहेको छ भने कालिञ्चोक बैंकको सिडि रेसिया ५८ दशमलव ३२ प्रतिशत रहेको छ ।

प्रति शेयर आम्दानी पश्चिमाञ्चलको २० दशमलव ६४ रुपैंयाँ र कालिञ्चोकको ५ दशमलव ३० रुपैंयाँ रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ तर्फ पश्चिमाञ्चलको १ सय ०८ दशमलव ९४ रुपैंयाँ र कालिञ्चोकको १ सय ६६ दशमलव ७५ रुपैंयाँ रहेको छ ।

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार १२:४९