समृद्ध शहर बनाउन एडीबीको १ सय ५० मिलियन डलर सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समृद्ध शहर बनाउन एडीबीको १ सय ५० मिलियन डलर सहयोग



काठमाडौं । सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक(एडीबी)को सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । एडीबीले दिएको सहायता रकमबाट स्मार्ट सिटी निर्माण साथै सहर विस्तारका लागि खर्च गरिने छ ।

प्रकाशित : ६ मंसिर २०७४, बुधबार १२:१०