सिभिल बैंकको हकप्रद मंसिर २२ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकको हकप्रद मंसिर २२ देखि



काठमाडौं। सिभिल बैंकले मंसिर २२ देखि पुस २७ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको छ।

बैंकको ४० प्रतिशत हकप्रद शेयर मंसिर ४ गते सम्म कायम भएका शेयरधनीले आवेदन दिन पाउने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। बैंकले प्रतिसाधारण शेयर एक सय रुपैयाँमा दुर्इ करोड सात लाख कित्ता हकप्रद निष्काशन गरेको हो। बैंकको हालको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ। हकप्रदपछि ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। हकप्रदपछि बैंकको पूँजी संरचना संस्थापक शेयर धनीतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ भने ४९ प्रतिशत हुनेछ।

हकप्रद खरिदको लागि लगानीकर्ताले सिभिल बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल लिमिटेड, बानेश्वरबाट, सिभिल क्यापिटल लिमिटेड सुन्धरा र आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : ६ मंसिर २०७४, बुधबार १४:०१