तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा



काठमाडाै । सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो।

प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।यसैगरि इञ्जिनियरीङ तर्फ रमेश सिह सचिवमा वढुवा भएका छन्।

बढुवा भएकामध्ये प्रशासन सेवाका प्रधान र पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा र इञ्जिनियरीङ सेवाका सिंहलाई जल तथा उर्जा आयोगमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

प्रकाशित : ६ मंसिर २०७४, बुधबार १९:४१