हिटर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिटर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्



काठमाडौं । काठमाडौंमा मात्र नभई देशैभर यतिबेला जाडो बढेको छ । राजधानीमा जाडो बढे सँगै तातो तथा न्यानो रहनका लागि आवश्यक समान किन्न बजार धाउनेहरु बढ्न थालेका छन । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिंदो समय र भित्रिदों आधुनिकता सँगै विद्युतीय सरसमानमा पनि मानिसहरुको आकर्षण बढ्दो छ ।

यस्ता विद्युतीय समानमा कोठा तातो बनाउने हिटरको कारोबार मंसिर महिना लागे सँगै बढेको ब्यापारीहरु बताउँछन । यस्ता किसिमका आधुनिक प्रविधियुक्त हिटरको ब्यापार बढेपछि पुराना मोडल तथा प्रविधि मार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको महाँबौद्धमा रहेको सोनिक इन्टरप्राइजेजका सुनिल कर्माचार्य बताउँछन ।

अहिले बजारमा ग्यास बाट चल्ने,विजुलीबाट चल्ने तथा ग्यास र विजुली दुबैबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छन । यसका साथै खुल्ला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्रयान हिटर समेत बजारमा उपलब्ध रहेको कर्माचार्य बताउँछन । अहिले बजारमा न्युनतम ७ सय देखि हजारौं मुल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन ।

नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चिन बाट आयात भइरहेका छन भने केही मात्रामा युरोपियन मुलुकहरु बाट समेत आयात भइरहेको छ । अघिल्ला वर्ष सम्म लोडसेडिङ्गले आत्तिएका ब्यापारीहरु यस वर्ष राजधानीमा लोडसेडिङ्ग हटेपछि हौसिएका छन ।

अघिल्लो वर्ष कार्तिकमा हिटरको ब्यापार खासै नभएको अवस्थामा यस वर्ष भने दशै देखि नै ब्यापार सुरु भएको अर्का ब्यवसायी सुमन खड्काले बताए । गत वर्ष भन्दा यस वर्ष जाडोमा तीस देखि चालिस प्रतिशत सम्मको व्यापार बढ्ने लक्ष्य लिएको उनले बताए ।

अहिले नेपाली बजारमा बाल्ट्रा,वेगा,सोनी,सिजि,कलर्स,फिलिप्स,हिमस्टार,इलेक्ट्रोन,यसुदा,केनउड लगायत दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएका छन । नाम र कम्पनि अनुसार मुल्य पनि फरक फरक रहेको छ । यसै गरि सिंगल,डबल,ट्रिपल गरि विभिन्न किसिमका प्रयोग गरिएका रडका आधारमा समेत हिटरको मुल्य फरक फरक हुने गरेको छ ।

असनमा रहेको ईश्वर स्टटोरका ईश्वर महर्जन बजारमा चार सय वाट देखिका हिटरहरु पाइने बताउँछन । उनका अनुसार हजार वाट भन्दा माथीका हिटरहरु पनि बजारमा पान्छन । यस्ता फ्रयान हिटरमा भने हजार र दुई हजार वाटका हिटरहरु हुने गर्दछन ।

ग्यास हिटर भने प्यानल अनुसार हुने गर्दछ । एउटा प्यानल भएका ५ सय वाट देखि तीन वटा प्यानल भएका ग्याँस हिटर १५ सय वाट सम्मको हुने गरको छ । ग्यास बाट बल्ने हिटर न्युनतम ५ हजार देखि माथी तथा ग्यास तथा विजुली दुवै बाट चल्ने हिटर ७ हजार भन्दा माथीको मुल्यमा पाइन्छन । ग्यास हिटरमा भने छुट्टै सिलिण्डर जडान गर्नु पर्ने हुन्छ । एउटा सिलिण्डर जोडेपछि न्युनतम १ सयदेखि १ सय २० घण्टा सम्म बल्ने गर्छ ।

हिटर किन्दा यि कुरामा ध्यान दिनुस

तपाइँको घर वा कोठा अनुसारको हिटर तपाइँका लागि आवश्यक हुन्छ ।
सानो कोठा छ भने कम वाटका हिटर भए हुन्छ ।
ठुलो कोठा छ भने दुई वा तीन वटा रड प्रयोग गरिएका विद्युतीय तथा ग्यास हिटर लिदा राम्रो हुन्छ ।
ग्यास हिटरमा तपाइले प्यान अनुसारको हिटर रोज्न सक्नु हुन्छ ।
ग्याँस हिटरमा छुट्टै ग्याँस सिलिण्डर जोड्नु पर्ने हुन्छ ।
ग्याँस तथा विजुली बाट चल्ने हिटरमा भने तपाइले दुई मध्ये एक विकल्प बाट चलाउँदा हुन्छ ।

दुर्घटना कम गर्न यसो गर्ने
प्रयोग पछिको अवस्थामा हिटर तत्काल बन्द गर्ने
रातको समयमा खोलेर ननिदाउँने
बेलाबखत सफा गर्ने
विद्युतीय हिटरमा प्रयोग गरिएका तार तथा प्लकहरु को अवस्थामा जानकार रहीरहने ।
हिटरमा कागज तथा कपडाहरु अड्किएको तथा भेट्ने अवस्थामा छ छैन भन्ने कुरामा ध्यान पुर्याउने ।
ग्याँसबाट चलन्े हिटरहरुको पाइप तथा रेगुलेटर समेतको अवस्था चेक गरिरहने ।
बच्चाहरुको पहुचबाट टाढा राख्दा पनि दुर्घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार ११:२२