जागिरे हुनुहुन्छ ? लगानीकालागि यी ४ टिप्सलाई पछ्याउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

जागिरे हुनुहुन्छ ? लगानीकालागि यी ४ टिप्सलाई पछ्याउनुस्



अाज भोली युवाहरु कम उमेरमा नै जागिर खाने बढ्दै गएका छन । निजी खर्चमा अभिभावको निर्भर रहन बिस्तारै कम पनि हुने थरेका छन् । तर अझै सम्म पनि उनिहरुमा बचत गर्ने प्रवृतिको विकास भएको छैन । तर यो जरुरी छ ।

कमाइको केही बचतमा लगाउनुस्


युवाहरुले यो कुराको ख्याल राख्न अावश्यक छ कि हरेक कमाइको केही रकम बचतमा लगाउनु पर्छ । किनकी त्यो कुनै बेलै अावश्यक परेको बेला अाफैलाई काम लाग्न सक्छ । यसका लागि बचत कसरी गर्ने र कति समय सम्म त्यो बचत पनि होल्ड गर्ने भन्ने बिषयमा राम्रो जानकारी भए अझ प्रभाव कारी हुन्छ ।

इमरजेन्सी फन्ड

युवाले अाफ्नो तलबमा केही हिस्सा बचाएर इमरजन्सी फन्डमा राख्नु पर्छ । ताकी समय अाउदा त्यसलाई प्रयोग गर्न सकियोस् ।

 


हेल्थका लागि लगानी

हरेक कर्मचारीले अाफ्नो स्वास्थयको ख्याल राख्न अावश्यक छ । त्यसैले तपाईले अाफ्नो बचतको केही हिस्सालाई स्वास्थयको लागि छुट्याउनुस् । यस्तै अहिले सरकारले बीमा पोलिसी ल्याएको सो कार्यक्रममा सहभागी भएर र त्यस्तै निजी बीमा कम्पनीले ल्याएका सेवाहरु समेत तपाईले खरिद गरेर त्यसमा लगानी बढाउन अावश्यक छ ।

 


स्टक

स्टकमा लागानी युवा उमेरमा नै गर्दा फाइदा हुन्छ। किनकी थोरै थोरै गरेको लगानीले तपाईलाई भविष्यमा राम्रो प्रतिफल दिन सक्छ । यसमा धरै भन्दा धेरै लगानी भन्दा पनि बचतको केही हिस्सा मात्रै लगानी गर्दा राम्रो हुन्छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार १२:०९