हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार रोक्का



काठमाडौं। नेप्सेले हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार रोक्का गरेको छ । कम्पनीले लाभांश प्रस्ताव ढिलो गरी नेप्सेलाई जानकारी दिएको भन्दै कारवाही स्वरुप कारोबार रोकेको जनाएको छ ।कम्पनीले करिब २१ प्रतिशतको हाराहारीमा नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीहरुलाई नेप्सेले मूल्यमा प्रभावित पार्ने यस्ता निर्णय गरेकाले कारवाही गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले २१.०५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा गर्न कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्दैछ ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार १२:२२