भाेलि विप्लवकाे नेपाल बन्द छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भाेलि विप्लवकाे नेपाल बन्द छैन



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरीएको स्पष्ट पारेको छ ।

विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको माओवादीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बताएका हुन् ।

नेता कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत मंसीर ८ गतेको बन्द नेकपा माओवादी सम्वद्ध कुनै पनि भातृ संघ संगठन र जनमुक्ति सेनाले आयोजना नगरेकोले बन्द नभएको स्पष्ट पारेका छन् । उनले बन्दको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार २१:३३