नयाँ नेपाल लघुवित्तको बम्पर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ नेपाल लघुवित्तको बम्पर अफर



काठमाडाै । नयाँ नेपाल लघुवित्त बिकास बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ८ मा बसेको २२१ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाइएको छ।

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी ९ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। २० प्रतिशत बोनस शेयर बितरणपश्चात लघुवित्तको चुक्ता पुंजी २ करोड ४० लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी २ करोड छ । लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ लाख ६९ हजार खुद मुनाफा गरेको छ।

२५० प्रतिशत हकप्रद

लघुवित्तले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। साधारणसभाले प्रस्ताब पारित गरेपश्चात लघुवित्तले २५० प्रतिशत हकप्रद बिक्रि गर्ने जनाइएको छ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार ११:०२