अमेरिकी डलरको भाउ एक सय दुई रुपैयाँ नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अमेरिकी डलरको भाउ एक सय दुई रुपैयाँ नाघ्यो



काठमाडौं । अमेरिकी डलरको भाउ फेरि आकासिएको छ । भारतीय मुद्रा कमजोर हुँदै गएपछि डलरको भाउ आकासिएको हो । भारतीय मुद्रा केही समययता कमजोर हुँदै गएको छ । यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।

सोमबार भारतीय खुल्ला बजारमा प्रतिअमेरिकी डलर ६३.८ भारुमा किनबेच भयो । एक महिना अघिसम्म भारु ६२ भारुमा डलरको किनबेच भइरहेको थियो । भारु र नेपाली मुद्राको स्थिर विनिमयदरका कारण भारु कमजोर हुनासाथ नेपालमा असर पर्छ । भारतीय सेयर बजार पनि अहिले ओरालो लागि रहेको छ ।

बाणिज्य बैंकहरुले सोमबार अमेरिकी डलर एक सय दुई रुपैयाँ ४० पैसा देखि एक सय दुई रुपैयाँ ७५ पैसासम्ममा कारोबार मुल्य तोकेका छन् । यो मुल्य डेढ वर्ष यताकै उच्च हो । गत पुसमा डलरको भाउ एक सय एक पुगेर ओर्लिएको थियो । प्रतिडलर मुल्य ९५ रुपैयाँसम्म झरेर फेरि उकालो लागेको हो । निकै लामो समय डलरको भाउ एक सय रुपैयाँ नजिक रहेको थियो ।

डलरको मुल्यले पेट्रोलियम पदार्थको भाउलाई सबैभन्दा धेरै असर पार्नेछ । भारतले पेट्रोलियम पदार्थको मुल्य बढाइसकेको छ । डलरको भाउ बढेपछि पेट्रोलियमको आयातमा लागत बढ्छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको भाउ नबढ्दा डलरको कारण स्थानीय बजारमा भाउ बढ्नसक्छ । डलरका कारण अन्य आयातमा पनि असर गर्छ ।

प्रकाशित : ३ जेष्ठ २०७२, आईतवार १४:२४