डेढ अर्बको जुता लाउने हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डेढ अर्बको जुता लाउने हो ?



एजेन्सी । संसारमा जो मानिससँग धेरै पैसा हुन्छ, उनीहरु हरेक दिन पैसा खर्च गर्ने नयाँ नयाँ तरिकाहरु खोजिरहेको हुन्छन् । उनी महँगो गाडीदेखि लिएर हिरा तथा गहना जोड्नमा तल्लीन हुन्छन् । त्यस्तै ब्रिटेनकी एक डिजाइनरले संसारकै सबैभन्दा महँगो जुत्ता तयार पारेकी छन् ।

उक्त जुत्ताको मूल्य डेढ करोड डलर अर्थात् लगभग डेढ अर्ब पर्छ । यो यति महँगो पर्नुको कारण यसमा एक हजारभन्दा बढी हिरा जोडिएको छ । यसमा निकै दुर्लभ गुलाबी र निलो हिरा समावेश गरिएको छ । यी दुई हिराको मूल्य लगभग १३ करोड रुपैयाँ पर्न जान्छ ।

सबै हिरालाई प्लेटिनियममाथि सजाइएको छ । यसको सिलाई गर्न १८ क्यारेट सुनको धागो प्रयोग भएको छ । यसलाई तयार पार्न निकै कालिगढहरुको मेहनत परेको छ ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १२:३३