सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा सुरु



काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले भाइबर सेवा सुरु गरेको छ । कम्पनीले रेमिटान्स क्षेत्रमा पहिलो पटक भाइवर सेवा सुरू गरेको जनाएको छ । उक्त भाइवर सेवा मार्फत ग्राहकहरूले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटान्स सेवाको सम्पुर्ण जानकारी लिन ससकिने कम्पनीले जनाएको छ ।

ग्राहकले सिटी एक्सपे्रसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवातथाअन्य सम्बन्धित जानकारी लिन सक्ने र यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभएर जोसुकैले पनि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्वारा सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १८:१८