बजाजको एक्सचेन्ज मेलामा नेको इन्स्योरेन्सको बीमा सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बजाजको एक्सचेन्ज मेलामा नेको इन्स्योरेन्सको बीमा सेवा



काठमाडौं । बिहीबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु भएको बजाज ग्रान्ड एक्सचेञ्ज मेलामा नेको इन्स्योरेन्स (Neco Insurance Co. Ltd.) ले बीमा सेवा प्रदान गरेको छ । कम्पनीले उक्त मेलामा आफ्नो छुट्टै स्टल राखी सेवा प्रदान गरेको हो ।

कम्पनीले बजाज एक्सचेन्ज मेलामा मोटरसाइकल खरिद गर्दा ग्राहकलाई सहज सुविधा दिने उद्देश्यले सोही स्थानबाट नै बीमा सेवा प्रदान गर्न लागेको जनाएको छ ।

कार्यालयबाट नै नियमित रुपमा प्रदान गर्दै आएको बीमा सेवा प्रदर्शनी स्थलबाट नै दिन लागेको हो । यसबाट प्रदर्शनीबाट बजाज, पल्सर मोटरसाइकल खरिद गरेका ग्राहक लाभान्भिवत हुने कम्पनीको विश्वास छ ।

कम्पनीले मोटरसाइकलको बीमाका साथै तेस्रो पक्ष बीमा पनि प्रदान गर्दै आएको छ । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तानी गर्छ ।

बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले बिहीबारदेखि ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने नाराका साथ भृकुटीमण्डपमा शुरू भएको मेला मंसिर ११ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १८:३६