अवैधरुपमा खानी उत्खनन् गरेको अारोपमा शिवम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अवैधरुपमा खानी उत्खनन् गरेको अारोपमा शिवम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ



हेटौँडा । हेटौडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योगले अवैधरुपमा खानी उत्खनन् गरेको भन्दै उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् ।

शिबम सिमेन्ट उद्योगका प्रमुख मारुलाई जिल्ला वन कार्यालय मकवानपुरले गएको कात्तिक २८ गते नै पक्राउ गरेर हिरासतमा राखे पनि यो घटना गुपचुप रहेको थियो ।

पक्राउ गरे लगत्तै अदालतमा म्याद थप गरेर हिरासतमा राखिएको थियो । शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस–६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अवैध रूपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको हो ।

दुवै खानीबाट विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन् गरिएकाले पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरेको जनाएको छ ।

पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताए ।

तोकिएभन्दा बढी क्षेत्रमा शिवम सिमेन्ट उद्योगले खानीको उत्खनन् गर्दै आएको गुनासो बढ्दै गएको थियो । त्यसलगत्तै जिल्ला वन कार्यालय मकवापनुरको टोलीले खानी क्षेत्रको स्वीकृति लिएको क्षेत्र र अरू क्षेत्रको नापी गरेपछि अदालतमा मुद्दा दायर गरिएको थियो । जनता टेलिभिजनको सहयोगमा

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार २१:२३