तीन वर्षमै ४ मिलियन डलरको उचाईमा सोसल नेटवर्किङ साइट सगुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

तीन वर्षमै ४ मिलियन डलरको उचाईमा सोसल नेटवर्किङ साइट सगुन



काठमाडाै । सोसल नेटवर्किङ साइट सगुन डटकमका संस्थापक गोविन्द गिरीले ३ वर्षअघि १३०० डलरबाट सुरु गरेको कम्पनीको नेटवर्थ ४ मिलियन डलर पुगिसकेको भन्दै यसले निश्कासन गरेको आइपीओमा लगानीका लागि आह्वान गरेका छन् ।

भारतस्थित सगुुनको कार्यालयबाट शुक्रबार साँझ फेसबुक लाइभमा प्रस्तुत भएका उनले सगुनले खुलाएको आइपीओमा उत्साहपूर्वक नेपालीहरुले सहभागिता जनाइरहेका बताएका हुन् ।

यस्तै उनले फेसबुक लाइभमा आगामी डिसेम्बर दोश्रो सातासम्ममा सगुुनको मोवाइल एप समेत लञ्च गर्ने तयारी थालिएको समेत सुनाए  ।

 

 

उनका अनुसार भारत, अस्ट्रेलिया, अमेरिका, यूरोप लगायतबाट ३ हजार बढी नेपालीले लगानीका लागि आवेदन दिएका छन् । नोभेम्बर महिनाभित्र आवेदन दिइनुुपर्ने भएकोले एकसाता समय अझै बाँकी रहेको जनाउँदै राम्रो प्रतिफलका लागि सगुुनको आइपीओमा लगानीका लागि उनले आह्वान गरेका छन् ।

भिडियो हेर्न तलको लिन्क खोल्नुस

https://www.facebook.com/sagoon.incorp/videos/891079011049808/

https://www.facebook.com/sagoon.incorp/videos/891066001051109/

 

प्रकाशित : ९ मंसिर २०७४, शनिबार ०६:५८