स्वास्थ्य बीमा दोब्बर बनाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वास्थ्य बीमा दोब्बर बनाउने तयारी



काठमाडौं । एक परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराइरहेको सरकारले त्यसलाई बढाएर एकलाख रुपियाँ बनाउने तयारी गरेको छ । उपचार खर्च धान्न नसक्ने भएपछि सरकारले त्यसलाई बढाएर एकलाख बनाउन लागेको हो ।

स्वास्थ्य बीमा ऐन संसद्बाट पारित भइसकेपछि नियमावलीको मस्यौदामा जुटेको सरकारले नियमावलीमा उक्त रकम बढाएर एक लाख रुपियाँ बनाउन लागेको हो ।

 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा। गुणराज लोहनीले स्वास्थ्य बीमाको उपचार सुविधा हालको भन्दा दोब्बर बढाएर एक लाख रुपियाँ पुर्याउने तयारी गरेको जानकारी दिँदै स्वास्थ्य बीमासम्बन्धी नियमावली आउने तयारीमा रहेको बताए । हाल पाँच जनासम्मको परिवार छ भने वार्षिक दुईहजार पाँच सय रुपियाँ तिरेपछि ५० हजार रुपियाँ सम्मको स्वास्थ्य उपचार सेवा पाउँदै आएका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

कार्यकारी निर्देशक डा। लोहनीले स्वास्थ्य बीमा नवीकरण गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिने तयारी भइरहेको बताए। उनले कति प्रतिशत सहुलियत दिने भन्ने विषयमा अहिलेसम्म निष्कर्षमा पुग्न नसकिएपछि छलफलको चरणमा
रहेको बताए ।

बीमा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक गत असोज २४ मा व्यवस्थापिका संसद्बाट पारित भएपछि कात्तिक १ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

प्रकाशित : ९ मंसिर २०७४, शनिबार ०९:५७