निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा, उम्मेदवारको भाग्य जनताको हातमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा, उम्मेदवारको भाग्य जनताको हातमा



काठमाडाै । निर्वाचन आयोगले मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। आइतार हुने निर्वाचनका लागि सम्पूर्ण तयारि पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

आइतबार हुने प्रदेश र प्रतिनिधीसभाको पहिलो चरणको निर्वाचनको लागि मतदान केन्द्रको सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिंदै आयोगले राष्ट्रका लागि एक दिन समय खर्चेर निर्वाचनमा सहभागी हुन अपिल समेत गरेको छ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको जनाकारी दिंदै आयोगले परिचयपत्र नभए नागरिकता देखाएर समेत मतदान गर्न सकिने बताएको छ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ ।

मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा मंसिर १० गते आइतबार ३२ जिल्लामा हुँदैछ । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

भोलि बिहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म मतदान केन्द्रमा उपस्थित भई नेपाली नागरिकहरुले मतदानमा सरिक हुन सक्नेछन। पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन।

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन भने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ।

त्यस्तै समानुपातिकतर्फ मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र–१ रहेको छ र त्यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि भएको हुँदा त्यसमा रहेका दलहरूका निर्वाचन चिह्नमध्ये मतदाताले कुनै एक राजनीतिक दलको चिह्नमा मत संकेत गर्न सक्नेछन।

त्यसैगरी, त्यही मतपत्रको तल्लो भागमा रहेको मतपत्र–२ प्रदेशसभाका लागि भएको र त्यसमा रहेका चिह्नहरूमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्नेछ।

प्रकाशित : ९ मंसिर २०७४, शनिबार २०:११