सिभिल बैंकको सातौ बार्षिक उत्सवमा सामाजिक कार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकको सातौ बार्षिक उत्सवमा सामाजिक कार्य



काठमाडौं। सिभिल बैंक लिमिटेडले सातौ बार्षिकउत्सव सामाजिक कार्यहरु गराएर मनाएको छ। आइतबार बैंकले बृद्धाश्रममा कम्वल वितरणका साथै महिनाब्यापी रुपमा देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरतासम्बन्धि कार्यक्रम गर्ने छ।

बैंकले देशका विभिन्न स्थानहरुबाट जेहेन्दार गरिब विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति तथा रक्तदान कार्यक्रमहरुको पनि आयोजना गर्ने छ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा बैंकले ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले ४० प्रतिशत हकप्रद शेयर निस्कासनको प्रकृया थालिकसकेको छ। हकप्रद शेयर र बोनस शेयरबाट पूँजी ८ अर्ब पुर्याउने योजना रहेको बैंकले जनाएको छ। बैंकले चाँडै पाँच शाखा खोल्ने छ। त्यसपछि शाखा संख्या ५८ पुग्ने छ।

प्रकाशित : १० मंसिर २०७४, आईतवार १३:४१