चुनावी माहोलमा उचालियो नेप्से, धेरै कमाउनेमा बीमा कम्पनीका सेयरधनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

चुनावी माहोलमा उचालियो नेप्से, धेरै कमाउनेमा बीमा कम्पनीका सेयरधनी



काठमाडौँ । मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहोलसँगै सेयर बजार उकालो लागेको छ ।

कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स २१ दशमलव ०५ अंकले उकालाे लागेको छ। आज कारोबारमा आएकाे ट््ेडिङ्. समुह बाहेक अरु सबै समुहले कमाएका छन ।

आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ८२ दशमलव १२ अंकले उकालो लागेको छ ।

आज जलविधुत समुह ६८ दशमलव ५ अंकले, लघुवित्त समुह २८ दशमलव ५२ अंकले,विकास बैँक समुह १८ दशमलव ९७ अंकले,बैँक समुह १८ दशमलव ७ अंकले, अन्य समुह १३ दशमलव ५९ अंकले,उत्पादनमुलक समुह ८ दशमलव १८ अंकले, फाइनान्स समुह २ दशमलव ७६ अंकले र होटल समुह १ दशमलव ४५ अंकले उकालोे लागेको छ ।

 

आज टे«डिड. समुह भने ओरालो लागेको छ। आज टे«डिड. समुह ६ दशमलव ३४ अंकले ओरालो लागेको हो ।

आज कारोबारमा आएका १५५ कम्पनीको १० लाख ७४ हजार १ सय ९६ कित्ता सेयरबाट ५९ करोड ४ लाख ४४ हजार ९ सय ११ रुपैयाको कारोबार भएको छ।

प्रकाशित : १० मंसिर २०७४, आईतवार १५:२३