० दशमलव ६ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

० दशमलव ६ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ० दशमलव ६ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५९ कम्पनीको १२ लाख ६७ हजार १ सय ९७ कित्ता सेयरबाट ६५ करोड ७१ लाख १७ हजार ८ सय ४१ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज होटल समुह ३५ दशमलव २३ अंकले ओरालो लागेको छ । आज इस्योरेन्स समुह ३२ दशमलव ५३ अंकले,विकास बैँक समुह ४ दशमलव ९७ अंकले, टे«डिड. समुह ३ दशमलव १३ अंकले, लघुवित्त समुह २ दशमलव ७९ अंकले, बैँक समुह १ दशमलव ०३ अंकले ओरालो लागेको छ।
आज जलविधुत, फाइनान्स र अन्य समुहले भने कमाएका छन् । आज सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह २४ दशमलव १ अंकले उकालो लागेको छ। आज अन्य समुह ४ दशमलव ६३ अंकले र फाइनान्स समुह ३ दशमलव ६६ अंकले उकालो लागेको छ।

प्रकाशित : ११ मंसिर २०७४, सोमबार १५:२०