“मतदान स्थल र निर्वाचन शिक्षा अपाङ्गमैत्री नहुँनुमा निर्वाचन आयोग र राजनीतिक दल जिम्मेवार” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

“मतदान स्थल र निर्वाचन शिक्षा अपाङ्गमैत्री नहुँनुमा निर्वाचन आयोग र राजनीतिक दल जिम्मेवार”



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान स्थल र निर्वाचन शिक्षा अपाङ्गमैत्री नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

सोमबार राजधानीमा ई–आइसीटि नेपाल र हाम्राकुरा डटकमले आयोजना गरेको मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया तथा निर्बाचन बहस कार्यक्रममा सरोकारवालाहरु यस्तोखाले समस्या देखिनुमा निर्वाचन आयोग र राजनीतिक दलहरु जिम्मेवार रहेको औंल्याए ।

 

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएको व्यक्तिलाई मतदान गर्ने अधिकार नै नभएजस्तो गरी आयोग र दलहरुले गम्भीर भुल गरेको आरोप लगाए । उनले अपाङ्ग, बहिरा लगायत अन्य शारीरिक समस्या भएको मतदातालाई समेटने गरी शिक्षा प्रदान नगरेको र मतदान स्थल अपाङ्गमैन्त्री नबनाएको आरोप लगाए ।

 

लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्ग, दृष्टिवीहिन, बहिरालगायतका मतदातालाई व्यवहारिक कठिनाई हुँदाहुँदै पनि नीति नै मिचेर आयोगले काम गरिरहेको आरोप लगाए । शारीरिक समस्या भोगिरहेकाहरुलाई मतदान गर्न गम्भीर समस्या भएको उनले बताए ।

त्यस्तै अपाङ्ग समुदायका अभियन्ता विजय बजिमयले मतदान शिक्षा प्रभावकारी नभएको र दलहरुको घोषणा पत्र पनि नारामै सिमित भएको बताए ।

नेपाली कांग्रेसका नेता प्रगति रन्जीतले दलहरुबाट कमीकमजोरी भएकाले आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए । उनले आयोगले मतदाता शिक्षामा बजेट न्यून मात्रामा छुट्टाएकाले कार्यक्रम प्रभावकारी नभएको बताए ।

 

विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठले अपाङ्ग लगायत जेष्ठ नागरिकलाई आयोगले नै सचेतना विस्तार गर्न नसकेको बताइन् । दलहरुले घरदैलो कार्यक्रममा मतदाता शिक्षा पुर्याउन नसकेको उनको बुझाइ थियो ।

 

कार्यक्रममा हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीले आफूहरुले देशभर मतदाता शिक्षा कार्यक्रम अघि बढाएको बताउँदै आयोगलाई केही हदसम्म सहयोग पु¥याएको जानकारी दिएका थिए ।

प्रकाशित : ११ मंसिर २०७४, सोमबार १८:३५