हुम्लामा तारा एयरको विमान दुर्घटना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हुम्लामा तारा एयरको विमान दुर्घटना



हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको नाइन एन एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना भएको छ । सिमकोटबाट सुर्खेतका लागि उड्न लागेको विमान धावन मार्गबाट उछिट्टिएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा पाइलटसहित पाँच जना घाइते भएका छन् । विमानमा १३ जना प्रहरी चढेको बताइएको छ । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रसाद सिटौलाले दुर्घटनाग्रस्त विमानबाट इन्धन चुहिरहे पनि माटोमा परेकाले आगलागीको खतरा भने नरहेको बताए । दुर्घटनाग्रस्त विमानको पखेंटा विजुलीको तारमा परेको छ । विमानलाई सुरक्षित ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १०:३९