तारा एयर दुर्घटनाः घाइतेलाई नेपालगन्ज लगिदैं (अपडेट) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

तारा एयर दुर्घटनाः घाइतेलाई नेपालगन्ज लगिदैं (अपडेट)



हुम्ला । मंगलबार विहान हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको नाइन एन एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना भएको छ । सिमकोटबाट सुर्खेतका लागि उड्न लागेको विमान धावन मार्गबाट उछिट्टिएर दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १६ जना सवार थिए । विमानमा सवार सात घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । दुर्घटनामा परेको विमानको अगाडिको भागमा पूर्ण रुपमा क्षति पुगेको छ । विमान दुर्घटना भए पनि मानविय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा सिनियर क्याप्टेन बसन्त लामा, क्याप्टेन अमित गुरुङ, एयर होस्टेज श्रेया श्रेष्ठसहित १३ जना सुरक्षाकर्मी सवार थिए । चुनावमा खटिएका सुरक्षाकर्मीलाई सुर्खेत छाड्न विमान त्यसतर्फ जाँदै थियो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रसाद सिटौलाले दुर्घटनाग्रस्त विमानबाट इन्धन चुहिरहे पनि माटोमा परेकाले आगलागीको खतरा भने नरहेको बताए । दुर्घटनाग्रस्त विमानको पखेंटा विजुलीको तारमा परेको छ । विमानलाई सुरक्षित ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार ११:२१