शेयर बजार बलियो बन्दै, नेप्सेसँगै कारोबार रकमको आशलाग्दो बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

शेयर बजार बलियो बन्दै, नेप्सेसँगै कारोबार रकमको आशलाग्दो बृद्धि



काठमाडौँ ।  मंगलबार बजार दोहोरो अंकले बढेको छ । कारोबार रकम थोरै घटे पनि बजार परिसूचक दोहोरो अंकले बढेपछि खरिदकर्ताको चाप बढ्न थालेको देखिएको हो।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्थिर सरकार आउने, राजनीतिक अजेण्डा सकिएर आर्थिक अजेण्डामा दलहरुको ध्यान केन्द्रीत भई समृद्धि र विकासको कामले गति पाउने, तथा यस्तो अवस्थामा विदेशी लगानी भित्रिएर बजारका लागि समेत स्वर्णिम युग सुरु हुने तर्कले  सेयर बजारले हरियो झण्डा देखाउन थालेकाे छ ।

निर्वाचनपछि नै सेयर बजारमा गैरआवासीय नेपालीहरुको प्रवेश हुनसक्ने, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात हुनसक्ने लगायतका संभावनाले समेत बजारलाई माथि उचाल्न जोड गरिरहेको देखिएको छ । तर ठुला लगानीकर्ताको चलखेल र  राजनितिक हलचलले प्रभाव राख्ने भएका कारण अहिले नै हाैसिहाल्न जरुरी नरहेकाे जानकारहरु बताउछन् ।

 

मंगलबार नेप्से  १० दशमलव १२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका इन्स्योरेन्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६३ कमपनीको ९ लाख ९९ हजार ६० कित्ता सेयरबाट ५७ करोड २१ लाख ९९ हजार ७ सय ५७ रुपैयाको कारोबार भएको छ।

मंगलबार सबै भन्दा धेरै अन्य समुहले कमाएको छ। आज अन्य समुह ३४ दशमलव ४१ अंकले उकालो लागेको छ । आज जलविधुत समुह ३२ दशमलव ५ अंकले,होटेल समुह ३० दशमलव २९ अंकले, लघुवित्त समुह १३ दशमलव ८७ अंकले,बैँक समुह ५ दशमलव ३ अंकले, विकास बैँक २ दशमलव ७४ अंकले र फाइनान्स समुह ० दशमलव ७३ अंकले उकालो लागेकोे छ ।

आज इन्स्योरेन्स र उतपादनमुलक समुहले भने गुमाएका छन् । आज उत्पादनमुलक समुह १५ दशमलव ५७ अंकले र इन्स्योरेन्स समुह भने १४ दशमलव ०८ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १५:२८